काठमाडौँ–  मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा सोमबार चैती छठ पर्व मनाइएको छ ।


ADVERTISEMENT


चैती छठको महत्वपूर्ण दिन सोमबार अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइएको छ भने मंगलबार बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि सम्पन्न हुनेछ । जनकपुरधामको गंगासागर, अंगराजसर सागर, धनुष सागर लगायत विभिन्न जलासयहरुमा छठ पर्व मनाउने व्रतालु महिलाहरुको भिड लागेको थियो ।


ADVERTISEMENT

# # #


धार्मिक मान्यता अनुसार चैती छठ पर्व गर्नाले सोचेको मनोकामना पूरा हुने शरीरमा हुने चर्म रोग निको हुने, सन्तान प्राप्त हुने विश्वास रहेको छ ।