काठमाडौं – काठमाडौं महानगरपालिकाले मिटरब्याजीविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शान्तिबाटिकामा आन्दोलन गर्ने प्रबन्ध मिलाएको जनाएको छ ।


ADVERTISEMENT


खुलामञ्चमा गएर आन्दोलन गर्न खोजेका उनीहरूलाई रोक्दै शान्तिबाटिकामा प्रबन्ध गरेको मेयर बालेन साहले जनाएका छन् ।


ADVERTISEMENT

# # #


११ दिनदेखि हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज र लघुवित्त पीडितलाई काठमाडौं बसुन्जेल पशुपति धर्मशालामा बास र खानको व्यवस्थापन गर्न आफू तत्पर भएर सोमबार बिहानै उनीहरूसँग सम्पर्क गरेको साहले बताए ।

‘उहाँहरुसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्‍यौं । तर उहाँहरु खुल्लामञ्चमै बस्न खोज्नुभयो । हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौं र उहाँहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकारसमक्ष उहाँहरुको समस्या समाधानको लागि जोडदार माग राख्दछौं,’ मेयर साहले फेसबुकमा लेखेका छन् ।

balen-ktm1679920205.JPG