काठमाडाैँ– आज देशभरको मौसम सामान्यतया सफा रहेको छ।


ADVERTISEMENT


जल तथा मौसम विज्ञान विभागले मंगलबार बिहान ६ बजे सार्वजनिक गरेकाे विवरण अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागकाे मौसम सफा छ।


ADVERTISEMENT

# # #


दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

त्यस्तै राती भने कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

कोसी र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।