• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




अफगानिस्तानको परराष्ट्र मन्त्रालय नजिकै बम विस्फोटः छ जनाको मृत्यु

Mar 29, 2023 |

अफगानिस्तानको परराष्ट्र मन्त्रालय नजिकै बम विस्फोटः छ जनाको मृत्यु

864
SHARES
ShareTweet

एजेन्सी– अफगानिस्तानको विदेश मन्त्रालयतर्फ जाने सुरक्षा चौकी नजिकै सोमबार भएको आत्मघाती आक्रमणमा कम्तीमा छ जना सर्वसाधारणको मृत्यु हुनाका साथै तीन तालिबानी सुरक्षा बलका कर्मचारीहरू सहित अन्य धेरै थुप्रै घाइते भएका छन् ।


ADVERTISEMENT


काबुलको मलिक अजगर स्क्वायरमा रहेको सुरक्षा जाँच चौकी नजिकै विस्फोट भएको काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जाद्रानले बताएका छन्। सोमबारको घटना खाजा समयको वरिपरि भएको थियो । खामा प्रेसका अनुसार परराष्ट्र मन्त्रालयका कर्मचारी आफ्नो कार्यालयबाट निस्कने क्रममा विस्फोट भएको हो ।


ADVERTISEMENT

# # #


‘मलिक अजगर स्क्वायरमा आत्मघाती आक्रमणकारीलाई चेक पोइन्टमा नपुग्दै पहिचान गरी मारिएको थियो, तर उसको विस्फोटक पदार्थ विस्फोट भयो,’ काबुलका प्रहरी प्रवक्ता खालिद जद्रानले भनेका छन् । उनले तालिबान सुरक्षा बलका तीन सदस्यसहित कैयौँ व्यक्ति घाइते भएको पनि बताएका छन् ।

यसअघि प्रत्यक्षदर्शीहरूले टोलो न्यूजलाई दाउदजाई ट्रेड सेन्टर नजिकै परराष्ट्र मन्त्रालयको सडकमा विस्फोट भएको पुष्टि गर्दै यसलाई ठूलो विस्फोटको रूपमा लिएका छन् । काबुलको आपतकालीन एनजीओले ट्विटरमा आज दिउँसो परराष्ट्र मन्त्रालय नजिकै भएको विस्फोटबाट १२ जना घाइते भएको जानकारी दिएको छ ।

विष्फोटमा परी घाइते हुनेमा एक बालक समेत रहेको बताइएको छ । तालिबान अधिकारीहरूले अहिलेसम्म यस घटना बारे कुनै टिप्पणी गरेका छैनन् । अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मेवारी भने लिएको छैन।

काबुल र अन्य शहरी क्षेत्रहरू पछिल्ला महिनाहरूमा धेरै आक्रमणका घटना बढेका छन् जसमध्ये केही इस्लामिक स्टेट लडाकुहरूले त्तसको जिम्मा लिएका छन्। जनवरीमा भएको विस्फोटमा परराष्ट्र मन्त्रालयमा कम्तिमा पाँच व्यक्तिको मृत्यु भएको थियो र थुप्रै घाइते भएका थिए ।


#
#

#









#




#


#


Share:

Rate:

Previousएमालेलाई सक्काउने खेल भयो : अध्यक्ष ओली
Nextसत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रालय भागबण्डाकाे छिनाेफानाे हुने

ताजा खबर

  • शताब्दीपुरुष जोशीको सालिक अनावरण
  • १६ घण्टापछि बीपी राजमार्ग पूर्णरूपमा सञ्चालनमा
  • विकास साझेदारसँग अर्थमन्त्रीको छलफल, भने– ‘आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्व दिएका छौ’
  • लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन
  • प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved