काठमाडाैँ– सत्तारुढ गठबन्धनको बैठक आज बुधबार बिहान बस्दैछ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले मन्त्रालय भागबन्डा र सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति खोज्नेछ । मंगलबारको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका थिए ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल र मन्त्रालय भागबन्डाको विषयमा सहमति भएर आज टुंगोमा पुगिनेछ । सरकारलाई चाडोभन्दा चाडो पूर्णता दिने विषयमा पनि सामान्य छलफल भएको नेता लेखकले बताएका थिए ।