काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फेरि अर्को बराबरी खेलेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्पटनसँग गोल रहित बराबरीमा रोकिएको हो । लिगमा यो म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो बराबरी हो ।


ADVERTISEMENT


लगातारको जित बिहीन यात्राले युनाइटेड उपाधि होडबाट पछि पर्दै गएको छ । अंक तालिकामा चेल्सीले उछिनेको छ । साउथह्याम्पटनसँगको गोलरहित बराबरीपछि तेस्रो स्थानमा झरेको युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १४ अंकले पछि छ ।


ADVERTISEMENT

# # #


युनाइटेडको २१ खेलबाट ४४ अंक भएको छ । चेल्सीको ४५ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५८ अंक छ । खेलको ८२ औं मिनेटमा पउल पोग्बाले गरेको गोल रेफ्रिले अफसाइड भएको भन्दै त्यसलाई मान्यता नदिएपछि युनाटेटको जितबिहिन यात्रा जारी रहेको हो ।

खेलपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोरिन्होले आफ्नो टिमले पाउनु पर्ने पेनाल्टी नपाएको बताए । पहिलो हाफमा साउथह्याम्पटनका डिफेन्डर माया योशिदाको हातमा बल लागेको थियो । तर रेफ्री क्रेग पावसले युनाइटेडलाई त्यसका लागि पेनाल्टी नदिएको उनले गुनासो गरे ।