काठमाडौँ – प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले संयुक्त रुपमा वि.सं. २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


मंगलबार नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको लागि २०७९ चैत्रभित्र ५०० करोड चुक्ता पूँजी पुर्‍याउन निर्देशन दिएपछि प्रभु र महालक्ष्मी लाईफ मर्जरको लागि सहमत भएका थिए । २०७९ आषाढ ३० गते मर्जर सम्झौता गरेका दुवै कम्पनीको भारतितीय विमांङ्कीबाट मूल्याङ्कन प्रतिवेदन आउन ढिलो भएपछि एकीकृत कारोबार केही ढिलो हुन गएको हो ।

मर्जरको लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा रहेका दुवै कम्पनीको २०८० सालको क्यालेन्डर संयुक्त रुपमा निकाली केही ढिलो भए पनि मर्जर सम्पन्न हुने कम्पनीले जनाएका छन् ।

क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश लाल कर्ण, महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको पनि उपस्थिति रहेको थियो ।