काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको हैसियत अनुसार ३ वटा मन्त्रालयमा दावी गरेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंको बानेश्वरमा मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका खनालले सञ्चारकर्मीसंग कुरा गर्दै अहिले संघीय संसदमा नेकपा एकीकृत समाजवादीसंग १८ सिट रहेकाले पार्टीको हैसियत अनुसार नै मन्त्रालयको सीट माग गरिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हाम्रो हैसियत कसले बताइदिने ? हाम्रो जे हैसियत छ, त्यही अनुसार गरिरहेका छौँ । हामीसँग १८ वटा सांसद छन् । त्यही अनुसार हामीले ३ मन्त्रालय माग गरिरहेका छौँ ।’

उनले १० दल सरकारमा जाने र मन्त्रालयको सिट २५ रहेकाले दलहरुको भूमिकाका आधारमा मन्त्रीमण्डल बाँडफाँट गर्नुपर्ने धारणा राखे । उनले सरकारको पाँच वर्षे नीति कार्यक्रमको योजना बनाएरमात्रै मन्त्रीमण्डल बाँडफाँट गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गरे ।

त्यस्तै खनालले मिटरब्याज पीडितहरुको माग जायज रहेको भन्दै आन्दोलनमा समर्थन रहेको बताए । उनले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने पनि बताए ।