• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




देउडा अभिनयमा जम्दै ‘झरना’

Mar 29, 2023 |

देउडा अभिनयमा जम्दै ‘झरना’

391
SHARES
ShareTweet

महेन्द्रनगर– पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् । उनको परिवार अछामबाट कैलाली झरेपछि बाल्यकाल भजनीमा बित्यो । सानैदेखि देउडा गुनगुनाउने उनी पछि अभिनयमा लागिन् । देउडासँगै आधुनिक गीतमा समेत बोहराले अभिनय गर्दैआउकि छिन् ।


ADVERTISEMENT


नृत्य एकदमै राम्रो भएका कारण बोहरालाई कर्णालीको जुम्लादेखि भारतको बैंग्लोरसम्म निम्तो आइरहन्छ । सुदूरपश्चिमकी चल्तीकी कलाकार बोहराको माग यहाँका नौवटै जिल्लामा हुने मेला महोत्सवमा अझ बढी छ । ‘प्रायः गीतको अभिनयमै बढी समय दिने गरेकी छु’, बोहराले भनिन्, ‘पछिल्लो समय स्टेज कार्यक्रममा नृत्यका लागि बोलाउने क्रम बढेको छ ।’ सुदूरपश्चिमका देउडा तथा आधुनिक गीत गरेर बोहराले तीन सयभन्दा बढीमा अभिनय गरिसकेकि छिन् ।


ADVERTISEMENT

# # #


सुदूरपश्चिमेलीहरूले देउडा कार्यक्रममा भारतमा समेत बोलाउने गरेका छन् । ‘सानैदेखि विद्यालयमा हुने हरेक कार्यक्रममा नृत्यका लागि अग्रसर नै हुन्थेँ’, उनले भनिन्, ‘पारिवारिक साथ सहयोगले नै कलाकारिता क्षेत्रमा अवसरको खोजी गर्दै हिँड्ने मौका पाएँ ।’ हाल स्नातक तहमा अध्ययनरत बोहराले कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटमा बस्दै आएकि छिन् ।

उनले अभिनय क्षेत्रमा लाग्ने प्रेरणा काका शेरबहादुर बोहराबाट पाएकि हुन् । ‘उहाँले नै अभिनयका लागि काठमाडौँ पठाउनुभयो’, उनले विगत सुनाइन् । पारिवारिक अवस्था सामान्य भएकी बोहरा अहिले अभिनय र स्टेज कार्यक्रमबाट पाएको पारिश्रमिकबाट नै खर्च टरेको बताउँछिन् । ‘कलाकारितामा सुदूरपश्चिमका महिला न्यून छन्, यसमा लाग्नेप्रतिको दृष्टिकोण पनि ठिक छैन’, बोहराले भनिन्, ‘अग्रज कलाकार एवं सृष्टाको अभिभाकत्वले यसका निरन्तरता दिएकी छु ।’

आफ्नो रहनसहन, कला, संस्कृति, रीतिरिवाज र वेषभूषासहितको देउडा गीतमा अभियन गर्न सहज भएको बोहराको भनाइ छ । उनले भनिन्, ‘सिक्न कुनै पाठशालामा गएकी छैन, आफ्नै प्रयासले अभिनय क्षेत्रमा छु ।’ अभिनय गर्न बोहरालाई सुदूर र कर्णाली प्रदेशमा हुने मेला–महोत्सवमा राम्रै पारिश्रमिक दिएर बोलाउने गरिएको छ । सुदूरका सबै जिल्लाका साथै कर्णाली प्रदेश र भारतका विभिन्न सहरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा सहभागी भएको बोहरा बताउँछिन् ।

सुदूरपश्चिमेली रोजगारीका लागि जता गए पनि आफ्नो कला, संस्कृतिप्रति धेरै लगाव रहेको आफूले पाएको उनको भनाइ छ । ‘रोजगारीका लागि भारत पस्नेहरु देउडासहितको म्युजिक भिडियो बनाउन निकै तल्लीन भएका पाए’, उनले भने, ‘म स्टाफ नर्स बन्न चाहन्थे, तर अभिनयमै रमाएँ ।’ सामाजिक सञ्जाल टिकटकमार्फत पनि उनले डोटेली भाषामा साहित्यिक प्रस्तुतिसमेत राख्दै आएकि छिन् । बोहराका ‘सुवा क्या न रिस्सी’, इजु बोलका देउडा गीतको अभिनय धेरैले मन पराएका छन् ।

उनले भनिन्, ‘सुदूरपश्चिमको भाषामा अरुले पनि परिचय बनाए पनि टिकटकमा ‘अछामी’ भाषामा सुदूरपश्चिमको साहित्य पस्किने काम मैले नै गरेकी हुँ ।’ पछिल्लो समय सुदूरपश्चिममा पनि महिला मोडल तथा नृत्याङ्गनाले आफ्नो प्रतिभा देखाइरहेको देउडा गायक लालबहादुर धामी (अछामी बड्डो)को भनाइ छ । ‘देउडाले सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ’, उनी भन्छिन् ।


#
#

#









#




#


#


Share:

Rate:

Previous‘हात्तीकाे त्रासमा जाग्राम बस्छौँ’
Nextमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ताजा खबर

  • ‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति : प्रधानमन्त्री
  • सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने
  • दोहोरो अङ्कले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको कारोबार
  • प्रतिनिधिसभामा प्रि-बजेट छलफल : बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गर्न जोड
  • संविधान र व्यवस्था विरोधी हुनै पनि गतिविधि सह्य हुँदैन : गृहमन्त्री लेखक

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved