काठमाडौं-इजिप्टका पुर्व राष्ट्रपति मोहम्मद मोर्शीलाई अदालतको अवहेलना मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको छ ।


ADVERTISEMENT


जन्मकैदको सजाय भोगिरहेका मोर्शीविरुद्ध सजाय थप सुनाइएको हो । आतंकवादलाई सघाएको मुद्दामा दोषी ठहर भएका मोर्शीले हाल जन्मकैदको सजाय भोगिरहेका छन् ।


ADVERTISEMENT

# # #


उनलाई त्यसअघि मृत्युदण्डको सजाय सुर्नाएको थियो । सन् २०१३ मा सत्ताच्युत भएका मोर्शीलाई त्यसयता प्रहरी नियन्त्रणमा उच्च सुरक्षामा राखिएको छ ।

सत्तामा रहँदा दिएको भाषणका लागि ५६ हजार डलर जरिवाना समेत गरिएको छ ।

अदालतको काम कारवाही समेत चल्न नदिने प्रयास गरेका मोर्शीलाई सिसाको ध्वनी रहित कक्षमा राखेर सुनुवाईमा पेश गरिएको बीबीसीले उल्लेख गरेको छ ।