काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य ढकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो आइतबार सार्वजनिक भएसँगै रास्वपाले उनलाई निलम्बन गरेको हो ।


ADVERTISEMENT


श्रेष्ठले स्वास्थ्य मन्त्री रास्वपाले पाउने र आफू मन्त्री बन्ने भएकाले पछि भनेअनुसार गरिदिने शर्तमा पार्टीलाई २ करोड रुपैयाँ सहयोग गरिदिन भनेको अडियो सार्वजनिक भएको थियो । अडियो बाहिरिए लगत्तै रास्वपाले कारबाही गरेको हो ।


ADVERTISEMENT

# # #


यद्दपि कारबाहीको निर्णयको आधिकारिक सूचना भने केहीबेरपछि आउने बताइएको छ । साथै रास्वपाले सांसद श्रेष्ठथि छानबिन समेत गर्ने भएको छ ।