काठमाडौँ– काठमाडौँ महानगरपालिकामा आजदेखि पूर्ण अनलाइनप्रणाली शुरु गरिएको छ । महानगर प्रमुख बालेन साहले शुक्रवार एक भिडियो सार्वजनिक गर्दै नयाँवर्षको पहिलो दिनदेखि नै महानगरमा नक्सापासदेखि करका सम्पूर्ण सेवाहरु अबबाट अनलाइनबाटै लिन सकिने जानकारी दिएका हुन् ।


ADVERTISEMENT


जसअन्तर्गत नक्सापास प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिने उनले बताएका छन् । यसअघिको लामो विद्युत प्रक्रियालाई टुङ्ग्याउँदै नयाँ सर्भर राखेको उनले जनाएका छन् । नव प्रक्रिया सहज रहेको बताउँदै उनले भनेका छन्, ‘तपाईको नक्सा अब प्रिन्ट गरिराख्नु पर्दैन । तपाईको नक्सा एउटा इन्जिनियरलाई बनाउन दिनुभयो भने त्यो डिजिटल फर्ममा नै काठमाडौँ महानगरपािलकाको सिस्टमा प्रवेश गर्छ ।’


ADVERTISEMENT

# # #


अघि उनले भनेका छन्,  ‘यसका साथै संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिने छ ।’ यसबाट सेवाग्राहीले सरल तथा सुलभ रुपमा सेवा पाउने विश्वास व्यक्त गर्दै उनले अन्त्यमा नववर्षको शुभकामना समेत दिएका छन् ।