काठमाडौं-प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा लुकाएको भन्ने एमाले नेताहरुको आरोपको खण्डन गरेका छन् । नतिजा सार्वजनिक गर्नका लागि कानूनी प्रक्रिया के-के छ भनेर नजानेकाले एमालेका नेताहरुले त्यस्तो आरोप लगाएको उनको भनाइ छ ।


ADVERTISEMENT


एमाले नेता सुवास नेम्वाङको आरोपको खण्डन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले यस्तो जवाफ दिएका हुन् । रिपोर्टस क्लवमा पत्रकारको प्रश्नको जवाफ दिदै यादवले भने, ‘एमालेका नेताहरुले शंका गर्ने नगर्ने कुरा उहाँहरुको धर्म हो । उहाँहरुलाई नै सोध्नुस् ।’


ADVERTISEMENT

# # #


एमाले नेता तथा पूर्व सभामुख नेम्वाङले निर्वाचन आयोगको भूमिकामाथि आशंका उब्जिएको बताएका थिए ।नेम्वाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिक तर्फको नतिजालुकाएर राखेको आरोप लगाएका थिए । यादवले भने नियमअनुसार राष्ट्रियसभाको चुनाव सकिएपछि मात्रै प्रतिनिधि सभातर्फको समानुपातिक नतिजा सार्वजनिक गर्न मिल्ने दाबी गरेका छन् ।

साक्षत्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रिय सभा चुनवा पछि मात्रै प्रतिनिधिसभाको समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्ने स्पष्ट पारेका थिए । यादवले राष्ट्रियसभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने बताएका हुन् ।

संविधानअनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजा पछि महिलाको सहभागिता कति थप्नुपर्ने हो सोही प्रतिनिधिसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्ने यादवले बताए । रिपोर्टस क्लवको साक्षात्कारमा बोल्दै यादवले राष्ट्रियसभा र प्रतिनिधिसभा गरी जम्मा ती सय ३४ को ३३ प्रतिशत महिला चाहिने भएकाले त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पूरा गर्नुपर्ने व्यवस्था भएको बताए ।

राष्ट्रियसभाको चुनावको मिति घोषणा भएको बढिमा ३० दिनभित्र सबै नतिजा सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था भएकाले सोहीअनुसार आयोगले काम गर्ने यादवले बताए । यादवले राष्ट्रियसभाको चुनावका लागि प्रदेश प्रमुख पहिला तोक्नुपर्ने कानूनी व्यवस्था भएको जानकारी गराएका छन् ।

राष्ट्रियसभाको चुनावका मतदाता प्रदेश सासंद भएकाले उनीहरुले पहिला सपथ ग्रहण गर्नुपर्ने उनले बताए । सपथ खानका लागि प्रदेश प्रमुखको आवश्यकता रहेको यादवको भनाइ छ ।

समानुपातिकको बन्द सूची तलमाथि गरेको पाइए कारबाही गरिने

यसैबीच प्रमुख निर्वाचन आयुक्त यादवले दलहरुले प्रदेशसभाको समानुपातिकतर्फ पहिला बुझाएको बन्द सूचीबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्बल नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै यादवले नाम तलमाथि गरेको भन्ने विषयमा आयोगले छानविन गरिरहेको बताए ।

‘निर्वाचनआयोगको निर्देशिकाअनुसार पहिला बन्द सूचीमा नाम जुन बुझाइएको छ, त्यहीअनुसार अहिले नाम पठाउनुपर्छ । त्यसमा क्रमसंख्या तलमाथि गर्ने अधिकार दलहरुलाई छैन । त्यो भनेको कानून र निर्देशिका विपरीत हुन्छ । त्यस विषयमा आयोगको सचिव र जिल्ला निर्वाचन अधिकृतहरुले छानबिन गरिरहनुभएको छ ।’