काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्।


ADVERTISEMENT


स्वास्थ्यमा सामान्य समस्या देखिएपछि ओली सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन्। स्रोतका अनुसार सोमबारदेखि ओलीलाई झाडा पखाला लागेको छ।


ADVERTISEMENT

# # #


उनले घरमै औषधि लिइरहेका छन्। चिकित्सकहरुले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन्।