काठमाडौं-स्वान्सी सिटीलाई हराउँदै टोटनह्याम इंग्लिश प्रिमियर लिग फुटबलको अंक तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा टोटनह्यामले रेलिगेसन जोनको स्वान्सी सिटीलाई २-० ले पराजित गर्दै आर्सनललाई पछि पारेको हो ।


ADVERTISEMENT


स्वान्सीको घरेलु मैदानमा टोटनह्यामलाई जित दिलाउन फर्नान्डो लोरेन्ट र डेली अलीले समान एक एक गोल गरे । स्वान्सीमाथि जित निकाल्न टोटनह्यामले दुवै हाफमा एक एक गोल गरेको थियो ।


ADVERTISEMENT

# # #


पहिलो हाफको १२ औं मिनेटमा लोरेन्टले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अघि रहेको टोटनह्यामले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ८९ औं मिनेटमा डेली अलीले गोल गर्दै टोटनह्यामलाई २-० को सफलता दिलाए ।

यो जितपछि पाँचौ स्थानको टोटनह्यामले २१ खेलबाट ४० अंक जोडेको छ । २२ खेलबाट मात्र १६ अंक जोडेको स्वान्सी लिगको पुछारमा छ । लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी र दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड छन् । तेस्रो स्थानमा चेल्सी र चौथोमा लिभरपुल छन् ।