जाजरकोट– भेरीमालिका–३ का रवीन्द्र शाहको आज अपरिचित समूहले ढुङ्गा प्रहार गरी हत्या गरेको छ ।


ADVERTISEMENT


शाहको जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै पाँच/छ जनाको समूहले ढुङ्गा, मुडा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।


ADVERTISEMENT

# # #


उनी नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य तथा पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्षसमेत रहेका थिए । घटनाका प्रत्यक्षदर्शी हिटलरसिंह राठोर भने भागेर ज्यान बचाउन सफल भएको बताइएको छ ।