काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रामक भाषामा उत्तर कोरियाली नेता किम जोङ उनलाई जवाफ दिएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘किम जोङलाई कसैले भनोस् कि एक परमाणु स्वीच मसँग पनि छ । र मेरो वालाले काम पनि गर्छ ।’


ADVERTISEMENT


यसअघि नयाँ वर्षको अवसरमा गरेको सम्बोधनमा किम जोङ उनले अमेरिकालाई चेतावनी दिँदै परमाणु बम लञ्च गर्ने स्वीच आफ्नो डेस्कमा नै हुने बताएका थिए ।


ADVERTISEMENT

# # #


त्यसको दुई दिनपछि जवाफ दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘उत्तर कोरियाका नेता किम जोङ उनले भनेछन् कि उनको डेस्कमा सधैं एक न्यूक्लियर बटन हुन्छ ।

उनको कमजोर र खानाका लागि संघर्षरत साम्राज्यबाट कसैले उनलाई बताओस् कि मसँग पनि एक परमाणु बटन छ, जुन उनको भन्दा निकै ठूलो र शक्तिशाली छ । साथै मेरो परमाणु बटमले काम पनि गर्छ ।’