काठमाडौं-निर्वाचन समिक्षा, भावी रणनीति र केन्द्रीय परिषद्को बैठकको तयारीस्वरुप राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय समिति बैठक बोलाएको छ ।


ADVERTISEMENT


राजधानीको नयाँ बानेश्वरस्थित एक ब्याङ्केटमा बिहान साढे ११ बजे शुरु हुने बैठकमा निर्वाचनमा पार्टीले भोगेको पराजय र पार्टीको भावी रणनीतिका बिषयमा मुख्य रुपमा छलफल हुने प्रबक्ता भुवन पाठकले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


बैठकमा महामन्त्री र कोषाध्यक्षले पेश गर्ने संगठनात्मक र आर्थिक प्रतिबेदनमाथी पनि छलफल हुने प्रबक्ता पाठकले जानकारी दिएका हुन् ।

केन्द्रीय समिति बैठकमा फागुन दोस्रो साता वीरगञ्जमा बस्ने भनिएको केन्द्रीय परिषद् बैठकको एजेण्डा र तयारी सम्बन्धमा पनि छलफल हुने सो पार्टीले जनाएको छ ।

अघिल्लो संसदमा २५ सांसद रहेको राप्रपा प्रतिनिधिसभाको निर्वाचनमा एक सिटमा सिमित बनेको छ ।