गोरखपुर, (भारत) – नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका सांसद देवेन्द्र कंडेल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ ।
नवलपरासी क्षेत्र नं २ बाट निर्वाचित सांसद कँडेल र मुख्यमन्त्री आदित्यनाथबीच नयाँ वर्षको उपलक्ष्यमा भेटघाट भएको हो । भेट्घाटका क्रममा नेपालको साँस्कृतिक, भौतिक तथा लुम्बिनी, रामग्राम क्षेत्रको पर्यटन प्रवर्धन र विकासका विषयमा छलफल भएको जनाइएको छ ।
साथै भेटमा उत्तर प्रदेश तथा नेपालका सिमावर्ती क्षेत्रका समस्या समाधान, भन्सार, द्रुत मार्गहरु तथा द्वी–देशीय मैत्री सम्बन्धका विषयमा छलफल भएको थियो।
साँसद कँडेलले र खेलकूदमन्त्री एवम् पुर्व राष्ट्रिय क्रिकेट खेलाडी चेतन चौहानसंग भेट गरेका थिए ।