काठमाडौं-काठमाडौंको सानो गौचरणस्थित केएल रेसिडेन्ट अपार्टमेन्टमा बुधबार साँझ आगलागी भएको छ । आगलागीबाट एक जना घाइते भएको महानगरीय प्रहरी बृत्त कमलपोखरीका डिएसपी कूलदीप चन्दले जानकारी दिए ।


ADVERTISEMENT


उनका अनुसार भारतीय नागरिक वीरबल माझी घाइते भएका हुन् । शरीरको भाग जलेको अवस्थामा भेटिएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ ।


ADVERTISEMENT

# # #


उनको अवस्था चिन्ता जनक रहेको बताइएको छ । अपार्टमेन्टको पहिलो तलामा रहेको एक कोठामा आगलागी भएको हो । केमिकल रियाक्सनको कारण आगलागी भएको बताईको छ ।

घटनास्थलमा पुगेको दमकल तथा सुरक्षाकर्मीको सक्रियतामा केहिबेरमै आगलागी नियन्त्रणमा लिन सकिँदा अन्य स्थानमा आगो फैलिन नपाएको प्रहरीको भनाई छ ।