काठमाडौं-नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ ।


ADVERTISEMENT


यति ठूलो संख्यामा चिकित्सकहरू फेल हुनुका पछाडि पढाइको स्तरमात्र नभई एमबीबीएस परीक्षामा हुने अनियमिततालाई पनि कारण मानिएको छ । एमबीबीएस परीक्षामा व्यापक अनियमितता हुने गरेको दाबी गरिएको छ ।


ADVERTISEMENT

# # #


मुलुकका विश्वविद्यालयले लिने एमबीबीएसका विभिन्न तहको परीक्षा पास भएकाहरू काउन्सिलको लाइसेन्स परीक्षामा ठूलो संख्यामा फेल हुनुले परीक्षा नै शंकास्पद रहेको समेत विज्ञहरूले औंल्याएका हुन् ।

यसो हुनुमा चिकित्सा शिक्षा प्रणालीकै गडबडी कारक रहेको औंल्याउँदै उनीहरूले यसलाई अविलम्ब सुधार गर्न चेतावनी दिएका छन् ।

गत महिना भएको पछिल्लो लाइसेन्स परीक्षामा देशभित्रकै मेडिकल कलेजमा एमबीबीएस गरेका ६ सय ८३ जनाले परीक्षा दिएका थिए। यीमध्ये ४ सय ३ जना मात्र पास भए। ४१ प्रतिशत अर्थात् २ सय ८० जना फेल भएका थिए।

यो परीक्षामा देश र विदेशबाट एमबीबीस गर्नेहरू कुल १ हजार २ सय २ जना सरिक भएकामा ४ सय ६१ जना मात्र पास भएका थिए, ७ सय ४१ फेल भए।

लाइसेन्स परीक्षामा स्वदेश र विदेशबाट एमबीबीएस गरेका गरी जम्मा ६१.७ र बीडीएस गरेका ४९.४२ प्रतिशत फेल भएको काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्मा बताउँछन्। लाइसेन्स परीक्षामा बर्सेनि एमबीबीएस गरेका ३ हजारदेखि ३ हजार ५ सय डाक्टर सहभागी हुने गरेका छन्।

-आजको कान्तिपुरबाट