काठमाडौं-पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै नेपाल आयल निगमको पाक्षिक नाफा करिब २ करोडले रुपैयाँले बढेको छ । नयाँ मूल्यसूचीअनुसार निगमको पाक्षिक नाफा १३ करोड २० लाख पुगेको छ ।


ADVERTISEMENT


यसअघि निगमको नाफा ११ करोड ३९ लाख थियो । भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार समायोजन गर्दा नाफा केही बढेको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


निगमले सोमबार राती १२ बजेदेखि लागु हुने गरी एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ, पेट्रोल, डिजेल र मट्टितेलमा १/१ रुपैयाँ वृद्धि गरेको छ । यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको छ । बढेको मूल्यपछि निगमलाई पेट्रोलमा २ रुपैयाँ ८३ पैसा, डिजेलमा २ रुपैयाँ ७१ पैसा, मट्टीतेलमा १५ रुपैयाँ ८० पैसा नाफा छ ।

यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ १५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय उडानतर्फ २९ रुपैयाँ १४ पैसा नाफा छ । ग्यासमा प्रति सिलिण्डर २ सय ८ रुपैयाँ ३० पैसा नाफा रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको छ ।

तेल उत्पादन गर्ने मुलुकहरुले उत्पादनमा कटौती गर्दा त्यसको प्रभाव अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि देखिएको छ । स्थानीय बजारमा इन्धनको मूल्य अझै बढ्ने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति व्यारेल ६८ डलर हाराहारीमा पुगेको छ ।