काठमाडौं-हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका एक युवक रौतहटमा चरेससहित पक्राउ परेका छन् । रौतहट क्षेत्र नम्बर ४ का लागि वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीबाट प्रतिनिधि सभाको उम्मदेवार रहेका गरुडा नगरपालिका ५ लक्ष्मीपुरका शिवशंकर पाण्डे प्रतिबन्धित लागू औषध चरेससहित पक्राउ परेका हुन् ।


ADVERTISEMENT


विशेष सुराकीको आधारमा चरेससहित पाण्डेलाई माधव नारायण नगरपालिकाको सखुअवाबाट बुधवार दिउँसो पक्राउ गरिएको हो । पाण्डेले बोकेको झोलालाई चेकजाँच गर्दा करिव ८ किलोभन्दा बढी चरेस बरामद भएको बुधवार रौतहट प्रहरीले जनाएको छ।


ADVERTISEMENT

# # #


पाण्डलाई चेकजाँच गर्न थालेपछि उनीसँगै रहेका अन्य व्यक्ति भागेको हुनसक्ने प्रहरीको आशंका रहेको छ । मध्यरौतहटमा क्रान्तिकारी युवाको छवि बनाएका पाण्डेलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको तथा विहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने रौतहट प्रहरीका एसपी यज्ञविनोद पोखरेलले जानकारी दिएका छन् ।

स्रोतका अनुसार पक्राउ परेका पाण्डेसंगै अर्का एकजना व्यक्ति पनि संलग्न रहेको तथा प्रहरीलाई देख्नासाथ फरार भएको हुूँदा उनको पनि खोजतलास भइरहेको छ । लागूऔषधसहित पक्राउ परेका पाण्डे गाउँकै माध्यमिक विद्यालयमा अंग्रेजी विषयको शिक्षकको रुपमा काम गर्दै आएका थिए ।