काठमाडौं-चिसो बढेपछि फैलिएको रूघाखोकी र ज्वरोले हुम्लामा २ जनाको ज्यान गएको छ भने कैयन बिरामी परेका छन् । सदरमुकाम सिमकोटदेखि ५० कोस टाढा पर्ने ताजाकोट गाउँपालिका–५ की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको चिसोका कारण लागेको रुघाखोकी र ज्वरोबाट मृत्यु भएको हो ।


ADVERTISEMENT


दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाअन्तर्गत वडा नं ७/८ रोडिकोट गाउँका ९१ वर्षीय भ्याले कार्की, ८८ वर्षीय खैरे शाही, ७८ वर्षीय गोरे जैसी र ५० वर्षीय शंकर रोकायासहित छ जनाको पनि पुस दोस्रो हप्तामा मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


निमित्त प्रजिअ ऋद्धिप्रकाश सिटौलाले तत्काल उक्त गाउँपालिकामा गई उपचार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएअनुसार बुधबारै पाँच जनाको टोली औषधि लिएर दक्षिणी भेगमा पुगेको जानकारी दिए । हिमपातले चिसो बढेपछि वृद्धवृद्धा खोकी र घाँटी दुखाइले ग्रस्त भएका छन् ।