काठमाडौं– काठमाडौंको कोटेश्वरबाट दुई थान पेस्तोल सहित एकजना पक्राउ परेका छन् । कोटेश्वरस्थित न्यु सुनकोसी गेस्टहासबाट खोटाङका सुवास कार्की नामका युवा पक्राउ परेका हुन् ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट दुई थान पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रामदत्त जोशीले प्रहरी टोली घटनास्थमै रहेको भन्दै घटनाको पूर्ण विवरण आउन बाँकी रहेको बताए ।