काठमाडौँ – स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबी बैंक लिमिटेड बीच विभिन्न डिजिटल च्यानल सेवाहरू पहुँच गर्न सम्झौता भएको छ। सम्झौतामा एनएमबि बैंक लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT


ग्राहकहरुका लागि पूर्ण वित्तीय समाधान प्रदायक बन्ने बैंकको परिकल्पना अनुसार बैंकले ग्राहकहरुको बदलिँदो प्राथमिकतालाई सम्बोधन गर्न विभिन्न लाभदायक वित्तीय उत्पादन तथा सेवाहरु ल्याएको छ । बैँकका अनुसार यस व्यवस्थाबाट ग्राहकहरु लाभान्वित हुनेछन्, उनीहरुले विभिन्न डिजिटल च्यानलहरु प्रयोग गर्न सक्नेछन् र यसले ग्राहकहरुको डिजिटल अनुभवहरु अभिवृद्धि गर्न निर्णायक भूमिका खेल्न सक्नेछ ।


ADVERTISEMENT

# # #


एनएमबी बैँक द फाइनान्सियल टाइम्स, लन्डनको ‘द बैंकर म्यागजिन’को प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित भएको बैँक हो। यसले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको छ। एनएमबी बैंकले हाल२०१ शाखाहरू, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवाहरू प्रदान गर्दै आएको छ ।