काठमाडौँ – काठमाडौँ महानगरपालिकाले परीक्षा केन्द्र बाहिर बसेर अनधिकृत रुपमा प्रचार–प्रसार सामग्री वितरण गर्नेहरुलाई कारवाही गरेको छ ।


ADVERTISEMENT


शुक्रवार परीक्षा केन्द्र बाहिर अनधिकृत रुपमा प्रचार–प्रसार सामग्री बाडेर आफ्नो संस्थाको विज्ञापन गर्ने ६१ जनालाई काठमाडौँ  महानगर प्रहरी बलले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


४ वटै क्षेत्रबाट नगर प्रहरी परिचालन गरेर कक्षा १२ को परीक्षा केन्द्र बाहिरबाट पक्राउ पर्नेहरुको संस्था पहिचान गरी प्रति संस्था ५ हजार रुपैयाँ जरिवाना तिराइएको महानगरले जनाएको छ । महानगरका अनुसार पक्राउ परेकालाई बागदरवारस्थित प्रहरी बलको कार्यालयमा ल्याएर जरिवाना तिराइएको हो ।

कारवाही पर्नेहरुमा कक्षा १२ को परीक्षापछि विद्यार्थीहरुलाई आफूतिर आकर्षित गर्नका लागि क्याम्पस र वैदेशिक शिक्षा तथा अन्य कक्षा सम्बन्धी प्रचार सामग्री बाँड्ने तथा परीक्षा केन्द्र बाहिर बुथ बनाएर विद्यार्थीहरुलाई सामग्री दिनेहरु रहेका छन् ।