काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूलाई राष्ट्रपतिको जिम्मेवारी दिए अस्वीकार नगर्ने बताएका छन्।


ADVERTISEMENT


भावी राष्ट्रपतिको रूपमा चर्चा भइरहेका बेला वरिष्ठ नेता खनालले राष्ट्रपति बन्न कसैलाई नमस्कार गरेर पनि नहिँडने स्पष्ट पारे। बिहिबार झापाको विर्तामोडमा स्थानीय संचारकर्मीमाझ उनले राष्ट्रपति बनेपनि आफू सक्रिय नै भएर लागि पर्ने प्रतिक्रिया दिए।


ADVERTISEMENT

# # #


वरिष्ठ नेता खनालले आफू निरन्तर सक्रिय राजनीतिमा लागि रहने प्रतिबद्धता व्यक्त गरे। उनले राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुने स्मरण गराए।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिएकोमा असन्तुष्टि व्यक्त गरे।