काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राजदूत मन्जिव शिंह पुरीबीच शिष्टाचार भेट भएको छ । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाल बसाई सुखमय रहोस् भन्ने शुभकामना दिए।


ADVERTISEMENT


प्रधानमन्त्रीले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्वन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरे। राजदूत पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भुमिका रहने बताए।


ADVERTISEMENT

# # #


नेपालका लागि नयाँ राजदुत पुरीले यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जेम्बर्गका राजदूत भएर काम गरिसकेका छन् । संयुक्त राष्ट्रसंघका लागि पनि भारतीय प्रतिनिधिको रूपमा काम गरिसकेका पुरी सन् १९८२ मा भारतीय परराष्ट्र सेवामाप्रवेश गरेका थिए । उनी नेपालका लागि भारतका २४ औं राजदूत हुन् ।