काठमाडौं – डिकुरा पब्लिकेसनले भृकुटीमण्डपमा २२ पुस अर्थात शनिबारबाट ‘१२ औं बृहत् पुस्तक प्रदर्शनी’ आयोजना गर्दैछ । २१ पुस अर्थात आज शुक्रबारबाट आयोजना गर्ने भनिएको मेला प्रबिधिक कारणले एक दिन ढिलो भएको आयोजकले जनाएको छ ।


ADVERTISEMENT


‘प्रेरणाका लागि पुस्तक’ भन्ने सन्देशका साथ आयोजना हुन लागेको कार्यक्रममा केही ब्यक्तिहरुको बिरोधका कारणले एक दिन ढिलाई हुन गएको आयोजक डिकुरा पब्लिकेसनले एक बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।


ADVERTISEMENT

# # #


पुस्तक मेलासँगै आयोजना हुने ‘विन्टर बिजिनेस फुटवेयर मेला’ तयारी जुत्ता एशोसियसनका अध्यक्ष रविन श्रेष्ठ सहितका केही पदाधिकारी र भृकुटीमण्डप भित्रका केही जुत्ता व्यवसायीहरुका एक समुहले मेलाको तयारी बिथोलेका कारण मेला आयोजनामा एक दिन ढिलो भएको डिकुरा पब्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसाई द्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।
शिखर सुजको प्रायोजन रहेको मेला अब शनिबारबाट सुरु भई ७ माघसम्म चल्नेछ । भाषा साहित्यको प्रवर्धन, विकासका लागि भनेर आयोजना हुन लागेको मेलामा देश विदेशबाट प्रकाशन भएका १० हजार शीर्षकका पुस्तकहरु प्रदर्शनमा राखिनेछ ।
विभिन्न उमेर समुहका पाठकका लागि समेत बिषेश पुस्तकहरु रहने मेलामा बालबालिकामा पढ्ने बानीको विकास गर्ने खालका बालसाहित्यका कृतिलाई विशेष महत्वका साथ राख्न लागिएको लेखक तथा आयोजक प्रसाइले बताए ।

नयाँ कृति बिमोचन समेत गरिने मेलामा विभिन्न पार्टीका उच्च नेता, कर्मचारी, कलाकार, साहित्यकार, पत्रकार, कुटनीतिज्ञ, शिक्षाविद् र विशिष्ठ व्यक्तित्वहरु लगायत १ लाख बढी ब्यक्तिको उपस्थिती रहने आयोजकले दाबी गरेको छ ।