भाेजपुर– सिताराम पदमकुमारी फाउण्डेसनद्वारा शैक्षिक क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा नगर पुरस्कार वितरण गरिएकाे छ । विधान अनुरुप फाउण्डेसनद्वारा भाेजपुरकाे अरुण गाँउपालिका वडा नं ४ पुराना गाँउमा एक कार्यक्रमकाे आयाेजना गर्दै विद्यार्थीलाई मनाेवल बढाउन तथा नगद सहयाेगबाट थप शिक्षा हासिल गर्न सकिने उद्धेश्यले सम्मान गरेकाे आयाेजकले बताएका छन् ।
आयाेजक सँस्थाका अध्यक्ष विश्वमणी गाैतमका अनुसार विश्व प्रेमी मा वि याकु, अरुणदय मा वि, चरमदी, शारदा मा वि प्याउलीमा अध्ययनरत एसईईमा उत्कृष्ट विद्यार्यीलाई सम्मान तथा नगद पुरस्कार वितरण गरिएकाे हाे ।
उक्त कार्यक्रमकाे अध्यक्षता फाउण्डेसनका अध्यक्ष विश्वमणी गाैतमले गरेका थिए भने प्रमुख अतिथिमा गाँउपालिकाका जेष्ठ सदस्य भानुभक्त ढकालले गरेका थिए । त्यस्तै गाँउपालिका उपाध्यक्ष विनिता ढकाल र गाँउपालिका स्थित रहेका एमाले, माअाेवादी र कांग्रेस प्रमुखहरुकाे उपस्थिति रहेकाे थियाे भने प्रधानाध्यापक तथा स्थानिय जनप्रतिनिधिहरुकासाथै अन्य पदाधिकारीहरुकाे पनि उपस्थिति रहेकाे थियाे ।
कक्षा १० उत्तिर्ण गरेका विद्यार्थीलाई जिवनकाे सिकाई तथा समाजिक मुल्यमान्यता र शिपयुक्त शिक्षामार्फत समुदाय र देशमा याेगदान दिन सक्नुपर्ने हुन् अध्यक्ष गाैतमले बताए । त्यस्तै प्रमुख अतिथि रहेका भानुभक्त ढकालले सिताराम पदमकुमारीकाे स्मरण गर्दै उनका संघर्ष तथा जिवन भाेगाइ प्रेरणा रहेकाे उल्लेख गरे । उनले भने, ‘समयानुकूल आफुलाई थप उर्जाशील बनाई फरक तथा दक्षरुपमा सिकेका कुरालाई प्रयाेग गर्नपर्छ ।’
त्यस्तै कार्यक्रममा फाउण्डेसनका संरक्षक भिम ढकालले फाउण्डेसन किन र के- कारणले खाेलेकाे तथा यसकाे उद्धेश्यबारे सबैमा जानकारी दिए । उनले फाउण्डेसनले थप कार्य गर्ने तथा युवा बालबालिकामा सकारात्मक परिवर्तनमा कार्य गर्ने बताए ।
सम्मान तथा नगर पुरस्कार पाउनेमा अरुणाेदय मा विका विनाेद अधिकारी, श्री विश्वप्रेमी मा विका शिवजङ्ग राई र शारदा मा विका संयाेग सापकाेटाले पुरस्कार प्राप्त गरेका हुन् । उनिहरुले गाँउपालिकामै उत्कृष्ट अंक ल्याएका थिए ।