काठमाडौँ– प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु भएको छ । सोमबार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु भएको हो ।
बैठकमा नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले नीति तथा कार्यक्रममाथि पहिलो वक्ताका रुपमा आफ्नो धारणा प्रस्तुत गरेका छन् ।