तनहुँ– गण्डकी प्रदेश सरकार र नेपाली सेनाको आयोजनामा सोमबार तनहुँको व्यास–१० मादी नदीमा आयोजित विपद् नमुना अभ्यास ‘अभ्यास गण्डक उद्धार–१’ प्रदर्शन गरिँदै । उक्त अभ्यासमा भूकम्प, आगलागी, बाढीबाट उद्धार गरिएको नमुना प्रदर्शन गरिएको थियो ।


ADVERTISEMENT


विपद्को अवस्थामा उद्धार एवं खोजका लागि समुदायका व्यक्तिलाई अभ्यस्त बनाउने उद्देश्यसहित प्रतिकार्य तालिम आयोजना गरिएको गणपति प्रमुख सेनानी रामज्योति बोहोराले जानकारी दिनुभयो । उक्त तालिममा व्यास नगरपालिकाका विभिन्न वडाबाट २८ तथा म्याग्दे गाउँपालिकाका विभिन्न वडाबाट आठ जनाको सहभागितो छ ।


ADVERTISEMENT

# # #


तालिमले विपद्का बेला उद्धार तथा विपद्को पूर्वतयारीमा सहयोग पुग्नुका साथै क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।

उनले भने, ‘वर्षायाममा जिल्लामा हुनसक्ने जोखिमका घटनाबाट बच्ने र बचाउने उपाय अवलम्बन गर्दै दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो’, उनले भने। उक्त प्रतिकार्य तालिम मङ्गलबारसम्म सञ्चालन हुनेछ ।

यसैगरी गण्डकी प्रदेश सरकार तथा पश्चिम पृतना हेडक्वाटरको संयोजनमा विपद् नमूना अभ्यास ‘अभ्यास गण्डक उद्धार–१’ प्रदर्शनी गरिने भएको छ । उक्त नमूना अभ्यास कार्यक्रममा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सहभागिता रहने गणले जनाएको छ ।

विपद् नमूना अभ्यास ‘अभ्यास गण्डक उद्धार–१’ प्रदर्शनी सञ्चालन पूर्वनेपाली सेना तथा अन्य सुरक्षा निकायका सकल दर्जाहरुले विपद् उद्धारसम्बन्धी छदिने पुनर्ताजगी तालिम लिएका थिए ।

army-treaning (2)1684727854.jpg

तस्बिर : कृष्ण न्यौपाने/रासस