काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी दिएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधि सभामा बोल्दै भन्दै अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकरात्मक भएको र अब मुलुकको समस्या समाधान गर्न केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् ।


ADVERTISEMENT

# # #


नीति तथा कार्यक्रममा अघि सारिएका विषयवस्तुहरु सान्दर्भिक भएको भन्दै उनले उनले अर्थतन्त्रको पुर्नउत्थान गर्ने, सुशासनको विषय, विकास निर्माण कार्यक्रममा तीव्रता, राष्ट्रिय हितको सम्वद्र्धन गर्ने लक्ष्य लगाएतका उद्देश्य सकरात्मक भएको दाबी गरे । कुनै पनि दस्तावेजहरु पूर्ण नहुने भन्दै सबैको सुझावलाई मध्यनजर गरी पूर्ण बनाउनुपर्ने उनको सुझाव छ । देशलाई आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा चूनौति देखिएको भन्दै यसमा राजनीति दलहरु र जनताले विश्वास गरेका प्रतिनिधिहरुले सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाई छ ।

छलफलका क्रममा अध्यक्ष नेपालले सरकारको कार्यक्रमका कागजको खोस्टो नभएर बिभिन्न उद्देश्य भएको दस्तावेज भएकाले सबै मिलेर मुलुकको समस्या समाधान गर्न कन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे । जबकी आइतबार मात्रै सरकारको प्रतिपक्षमा रहेको नेकपा एमालेका अध्यक्ष ओलीले यो नीति तथा कार्यक्रमले गन्तव्यहीन भएको भन्दै पुनर्लेखनको सुझाव दिएका थिए ।

ओलीलाई लक्षित गर्दै विचार सम्बोधन गर्नेको क्रममा नीति तथा कार्यक्रमको अर्थहिन भन्ने कुराहरु आएको भन्दै उनले भने, ‘मैले पनि यसो मनन गरे कागजको खोस्टो मात्रै छ की यसमा कुनै विषय वस्तु पनि छ की भनेर यसो हेर्दे जाँदा मैले यो कागजको खोस्टो मात्रै पाइन ।’

एकअर्काप्रति घोचपेच गरेर केहि नहुने उनको राय छ । यसका लागि उनले यसअघि बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? भनेर समिक्षा गर्दै व्यक्तिवादी रोग र आफुलाई सर्वश्रेष्ठ ठान्ने प्रवृतिबाट मुक्त भएर अघि बढ्नुपर्ने बताए । साथै भ्रष्टाचारको जाँलोलाई तोड्नका लागि इमान्दार र लगनशिल भएर काम गर्न उनले प्रधानमन्त्रीलाई सुझाव समेत दिए ।