काठमाडौं— जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।


ADVERTISEMENT


चैत १२ गतेदेखि सुरू गरेको अनुसन्धान ६० दिन पुग्नै लाग्दा प्रहरीले  सोमबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । प्रहरीबाट अनुसन्धान सकेर मुद्दाको फाइल प्राप्त भएको जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणी न्यौपानेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अनुसन्धानमा देखिएको आधार प्रमाण लगाएतका बिषयका विश्लेषण गर्ने र जेठ १० गतेअघि नै अदालतमा जाने उनको भनाई छ । संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सक्ने अवस्था रहेको र अन्य विषयमा अनुसन्धानपछि निर्णय गरिने न्यौपानेले जनाए ।

यस्तै, प्रहरीले पनि  आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी प्रतिवेदन दिएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी प्रतिवेदन दिएको बताए।

प्रहरीले ३२ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्न राय दिएको छ । त्यसमा १६ जना पक्राउ परिसकेका छन् भने प्रहरीले ठगी र संगठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरेको छ । उक्त प्रकरणमा संलग्नको आरोप लागेका केही भने फरार छन् । घटनामा एक सय छ जना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको छ ।

प्रहरीका अनुसार ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (किर्ते) तथा केहीलाई देशद्रोहको पनि मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सिफारिस गरिएको छ । साथै  प्रतिवेदनमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ भने उनीहरुबाट २७ करोड बिगोसहित जरिवाना गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

प्रतिवेदनका आधारमा कोमाथि कुन–कुन मुद्दा लगाउने भन्ने अन्तिम निर्णयसहित सरकारी वकिलले पनि यस प्रतिवेदनलाई मंगलबार अदालतमा पेश गर्नुपर्नेछ ।