काठमाडौं-मंसिर २८ गते दरबारमार्गस्थित क्लव डेजाभुमा अमेरिकी डिजे मार्समेलो ल्याएर कार्यक्रम गर्ने भन्दै ठगेको आरोपमा पक्राउ परेका क्रिकेटर पृथु बास्कोटासहितका सञ्चालक धरौटीमा हिरासत मुक्त भएका छन् ।


ADVERTISEMENT


शुक्रवार जिल्ला अदालतका काठमाडौंले क्रिकेटर पृथु बास्कोटासहितका पाँच सञ्चालकलाई हिरासत मुक्त गरेको हो ।


ADVERTISEMENT

# # #


बास्कोटासहितका क्लव सञ्चालकहरु जनही ४५ हजार धरौटी बुझाएर रिहा भएका छन् । त्यस्तै, कार्यक्रम सञ्चालकहरु दुई लाख पचास हजारको दरले धरौटी बुझाएर हिरासत मुक्त भएको महानगरीय प्रहरी परिसरका डिएसपी बेल बहादुर पाण्डेले जानकारी दिए ।

चर्चित अमेरिकी डिजे मार्समेलो आउने भन्दै महंगोमा टिकट विक्री गरेपनि अन्तमा मार्समेलो उपस्थित नभएपछी समर्थकहरुले क्लव तोडफोड गरेका थिए । त्यसपछि प्रहरीले क्लव सञ्चालकहरु जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ र पृथु बास्कोटा र दुई आयोजकलाई पक्राउ गरेर ठगी अभियोगमा मुद्धा चलाएको थियो ।