काठमाडौँ – लमजुङको बेसीसहरमा सानिमा बैँकको नयाँ शाखा सञ्चालनमा आएको छ । बैँकले सोमबारदेखि त्रिवेणी टोल, बेशीशहर–७, लमजुङमा शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


उक्त शाखाको ब्रान्ड एम्बेसडर जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)ले संयुक्त रूपमा उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा महजोडीले सानिमा बैंकलाई बलियो र भरपर्दो बैंकको रूपमा निरन्तर वृद्धि र सफलता प्राप्त गरेकोमा बधाई दिए ।


ADVERTISEMENT

# # #


साथै डेपुटी सीईओ आचार्यले निरन्तर सहयोग र संरक्षणका लागि ग्राहक तथा सरोकारवालाहरुप्रति कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सानिमा बैंकले ७ वटै प्रदेशमा १३१ कार्यालय र १२२ वटा एटीएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।