काठमाडौँ– बंगालदेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २१५ रनको चुनौती दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१४ रन बनायो।


ADVERTISEMENT


हङकङका लागि ओपनरद्वय क्यामरोन र अंशुबमले सर्वाधिक ९५ रनको साझेदारी गरे। नेपालका लागि अभिनाश कर्णले सर्वाधिक ३ विकेट लिए। यस्तै भुवन कार्की, शुसान भारी र कप्तान ज्ञानेन्द्र मल्लले २ २ तथा सन्दिप लामिछाने १ विकेट लिए।


ADVERTISEMENT

# # #


२१ ओभरमा पहिलो विकेट पतन हुँदा हङकङ ९५ रनको स्थितिमा थियो। कप्तान ज्ञानेन्द्र मल्लले हङकङका कप्तान अंशुमान राथलाई आउट गरेका थिए। त्यस लगत्तै उनले २३ औं ओभरमा ओपनर क्यामरन एमकुलसनलाई आउट गर्दै उनले हङकङविरुद्ध दवाब बढाएका थिए।

नेपालका लागि सन्दीप लामिछानेले २४ औं ओभरमा तेस्रो विकेट लिए। निजाकात खान ६ रनको स्थितिमा सन्दीपद्वारा आउट भए। त्यसपछि चौथो विकेटका लागि नेपालले १० ‌ओभर पर्खिनु पर्‍यो। ९ रन बनाएका बबर हायतलाई ३४ औं ओभरमा भुवन कार्कीले आउट गरे। १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २ विकेट लिएर ५३ रन दिए।

दुबै देशको स्तर हेर्दा यो खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । जारी प्रतियोगितामा नेपालले पाकिस्तान यू २३संग ६ विकेटले पारजित भयो भने बंगलादेश यू २३ संग ८३ रनले पराजित भएको थियो । योसंगं नेपाल समुह चरणबाटै बाहिरिई सकेको छ ।