गल्काेट– नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त “बेष्ट फाइनान्स कम्पनी लिमिटेड”द्वारा आफ्नाे शाखा विस्तार गरेकाे छ । गल्कोट नगरपालिका वडा नं. ३, हटिया बजार स्थित गल्कोट शाखा कार्यालयको उद्घाटन गरिएको हाे ।


ADVERTISEMENT


गलकोटमा सञ्चालनमा रहेको बेष्ट फाईनान्स कम्पनी लिमिटेडको आज एक कार्यक्रमका बिच गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले उद्घाटन गरेका हुन् । कम्पनीको उद्घाटन पछि बोल्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले वित्तिय कारोबारका निम्ती गलकोटमा संस्थाहरु भित्रदै गर्दा त्रासको अवस्था सिर्जना भएको हुदा यसले त्यस समस्यालाई समाधान गर्दै स्वच्छ तरीकाले कारोबार गर्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।


ADVERTISEMENT

# # #


उनले यस संस्थाले गलकोटमा वित्तिय कारोबार मात्र नगरी उत्पादनको क्षेत्रमा समेत लगानी गर्नको लागि आग्रह गरेका थिए । त्यस्तै कार्यक्रममा बेष्ट फाइनान्स कम्पनी लिमिटेडका अध्यक्ष खिमलाल पौडेलले बेष्ट फाईनान्सबाट ढुक्कले कारोबार गर्नको लागि सम्पुर्णलाई आग्रह समेत गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश सिहं भण्डारीले फाईनान्स आफैमा अब्बल तथा प्रतिस्पर्धामा रहेकाे उल्लेख गरेका छन् । उनले अन्य फाईनान्स तथा सँस्थाकाे भन्दा जनताकाे बचतलाई सहि तरिकाले र सुरक्षीत स्तरबाट कार्यमा चनाखाे रहेकाे बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कार्यक्रममा गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र श्रेष्ठ, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद्का उपाध्यक्ष रोविन्द प्रसाद श्रेष्ठ ( गोविन्द ) , गैर आवासीय संघका उपाध्यक्ष आरके शर्माले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम बेष्ट फाइनान्स कम्पनी लिमिटेडका अध्यक्ष खिमलाल पौडेलको अध्यक्षता, शाखा प्रवन्धक ध्रुव पौडेलको स्वागत र बेष्ट फाईनान्स कम्पनी लिमिटेडका सन्चालक प्रमुख राजेश पुरीको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत उमेश सिहं भण्डारीको पनि उपस्थिति रहेको थियो ।

वेष्ट फाईनान्स कम्पनी लिमिटेडले गत वर्षको साउन महिनादेखी गैर आवासीय नेपालीहरुको प्रवर्धनमा १६ औँ शाखाको रुपमा गलकोटबाट कारोबार सुरु गरेको थियो ।

कम्पनीले अनलाईन वैङकिङ, क्यूआर कोड लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको कम्पनीले जनाएको छ । कम्पनीको प्रधान कार्यालय कमलादि काठमाण्डौँमा रहेको छ ।