झापा– अर्जुनधाराका नगरपालिकाको तल्लो ‘बेल्ड’ सहित सिङ्गो बिर्तामोडबासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन अहोरात्र खटिने मध्येका एक हुन् – मेघराज बास्तोला । बिर्तामोड ५ निवासी बास्तोलाले दुई कार्यकाल बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा सचिबको भूमिकामा रहेर प्रवाह गरेको सेवाका कारण उनको लोकप्रियता दिनानुदिन चुलिँदो छ ।


ADVERTISEMENT


बिर्तामोड क्षेत्रमा खानेपानीका विषयमा कुनै समस्या देखिदा त्यसलाई तत्काल हल गर्नु पर्छ भन्ने मान्यता स्थापित गर्दै आम नागरिकलाई सहज र सरल रुपमा खानेपानी पु¥याउने गहन जिम्वेवारी निर्वाह गरेकै कारण उनको चर्चा चुलिएको हो ।


ADVERTISEMENT

# # #


आगामी जेठ १५ गते हुने बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्बाचनमा उनको उम्मेदवारी परेदेखि नै उनलाई शुभकामना र सुवेक्षा थाप्न भ्याई नभ्याई छ । आम मतदाताले रुचाएका उम्मेदवार भएका कारण उनको चर्चा चुलिएको हो । अधिकांशले खानेपानीमा यस पटक पनि अब्बल नेतृत्व आउने भन्दै वास्तोलाप्रति शुवेक्षा प्रकट गरिरहेका छन् ।

२०६६ सालमा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सदस्य बनेका उनी त्यस लगत्तै भएको निर्वाचनमा कार्य समिति सदस्य बने । एक कार्यकाल कार्यसमिति सदस्य बनेका उनले संस्थाको हितमा पुर्‍याएको योगदानका कारण दोस्रो कार्यकालमा उनी सचिव बन्न भ्याए ।

उनले एक कार्यकाल मात्र होइन उनले दुई/दुई पटक सचिवको भूमिका निर्वाह गर्न भ्याए । दुई पटक सचिव पद दोहोर्‍याउँदा समेत उनी माथि कसैले कुनै विषयमा टिका टिप्पणी गर्न पाएनन् । निःस्वार्थ भाव बोकेका उनी आफ्नो कार्य दक्षतालाई अझ खानेपानीलाई उचाइमा पुर्‍याउने सोच सहित अध्यक्षका लागि चुनावी मैदानमा छन् ।

लोडसेडिङको चरम मार खेपिरहेका बेला पनि २४ सैं घण्टा शुद्ध खानेपानी वितरण गर्न सक्नु पर्छ भन्दै दृढ अठोट लिएका बास्तोलालाई आम उपभोक्ताले त्यसबेला देखि नै नजिकबाट नियाली रहेका थिए । खानेपानीमा लामो अनुभव बटुलेका वास्तोलाले अध्यक्ष पदमा निर्वाचित भए संस्थालाई थप चलायमान बनाउने दृढ संकल्प अघि सारेका छन् ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा उनले देखाएको लगाबका कारण ‘मेघराज र बिर्तामोड खानेपानी’ पर्यायवाची जस्तै बनेको धेरैको भनाई छ । शुरुका दिनमा खाने पानी बितरणमा पाइपका कारण आइरनयुक्त पानी बितरण भएपनि अहिले त्यस्ता सबै पाइप परिर्वतन गर्दै एचडीपी पाइप खरिद गरेर पानी बितरण भइरहेको उनको भनाई छ ।

२०२८ साल असार १५ गते जन्मिएका वास्तोला धर्मराज र रेणुका वास्तोलाका जेठा छोरा हुन् । उनी बिर्तामोड नगरपालिकाका कार्मचारी भएपनि कार्यालय छुट्टी र विदाको बेला धेरै समय बिर्तामोड खानेपानीका लागि काम गर्दै आएका छन् ।