काठमाडौँ– टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई सरकारले आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले बताएकी हुन् । यससंगै भोलि गणतन्त्र दिवसको दिन राष्ट्रपति रामचन्द्र पौडेलले टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजाय भोगिरहेका चौधरीलाई आममाफी दिनेछन्।


ADVERTISEMENT

# # #


०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा चौधरी मुख्य आरोपिको रुपमा जेल चलान भएका थिए।

उनलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो। यद्यपि अदालतको निर्णयविपरित सरकारले उनलाई आममाफी दिने तयारी थालेको हो ।

दोषी ठहरिएका वा जेल चलान कैदी सम्बन्धमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ । धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।