काठमाडौँ– नेकपा एमालेले दुई खुट्टा गुमाएर सगरमाथाको कीर्तिमानी आरोही गरेका हरि बुढामगरलाई सम्मान गरेको छ ।


ADVERTISEMENT


आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बीच एमाले अध्यक्ष केपी शर्मा ओली लगाएतका नेताहरुले बुढामगरलाई सम्मान गरेका हुन् ।


ADVERTISEMENT

# # #


बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टकेका थिए । उनले सगरमाथा आरोहरणमा घुँडाभन्दा मुनी अंग बिच्छेद भएका व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।

बुढामगरलाई सम्मान गर्दै एमाले अध्यक्ष ओलीले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गर्नु सवैको प्रेरणाको स्रोत भएको बताए । मानिसले साहस र संल्कप गर्यो भने असम्भव विषय पनि सम्भव हुने उनको तर्क छ । सरोकार नै स्थानमा गएर काम गर्नुपर्ने र खुट्टा गुमाउनुपर्ने अवस्था रहेको भन्दै विदेशको सैनिकमा भर्ना भएका नेपालीहरुका विषयमा सरकारले गम्भीरताका साथ वार्ता गर्नुपनमा समेत उनले जोड दिए ।

त्यस्तै कीर्तिमानी आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिहरुलाई दयामाया भन्दा पनि अवसर दिनुपर्ने बताए । उनले सगरमाथा आरोहणसंगै नेपाल र नेपालीको शीर सगरमाथा जस्तै उच्च राख्न सकेको अनुभव भएको धारणा राखे । अपांगता जागरणका लागि आगामी दिनमा काम गर्ने उनको भनाई छ ।

बुढामगरले बाध्यताका कारण १५ बर्ष व्रिटिसको जागिर खानुपरेको भन्दै अव देशको सेवा गर्ने बताए । रोल्पा घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाउनुपरेको थियो ।