काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको जग्गा प्रकरणमा आफुलाई अनावश्यक आरोप लगाएको बताएका छन् ।


ADVERTISEMENT


गीतकार संघको १४औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किरातीले आफू सेटिङमा चल्न नमान्दा र भ्रष्टाचार गर्न अस्वीकार गरेकै कारण जग्गा प्रकरणमा अनावश्यक रुपमा मुछ्न खोजिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सो क्षेत्रमा रहेको जग्गाका मध्ये ५०४ रोपनीको हालसावी गरि तारवार गर्ने र ३१ रोपनी खोज्नका लागि नापी र मालपोतको सदस्य रहने गरी सात सदस्य समिति गठन गर्ने निर्णय भएकोमा ३१ रोपनी जग्गालाई वैद्यता दियो भनेर प्रचार गर्न केही मान्छेहरु नियोजित रुपमा लागेको जिकिर गरे । केही मान्छेहरु घुस अस्वीकार गरेकै कारण आफूविरुद्ध लागेको भन्दै मन्त्री किरातीले यस विषयमा भ्रमित नहुन र जुनसुकै अदालतमा गएर बोल्न तयार रहेको स्पष्ट पारे ।

उनले मन्त्री भएको दिनदेखि एक जना ठूलै मान्छेले वायुसेवा निगमको प्रबन्ध निर्देशक फेर्न तीन करोड रुपैयाँको प्रस्ताव गरेको र त्यसलाई अस्वीकार गरेकै कारण आफूमाथि नियोजित प्रहार भएको बताए । एकदिन फोन गर्ने व्यक्तिलाई भेट्दा टोकनमनी एक करोड, नियुक्त गरेका सातदिनमा एक करोड र त्यसको एक महिनापछि एक करोड दिने प्रस्ताव गरेपछि आफूले अस्वीकार गरेको उनको भनाइ छ । उनले आफुले घुस अस्वीकार गरेकै दिनदेखि प्रहार सुरु भएको बताए ।

उनले केही दिन कुर्सीमा बसेर देश र जनताका लागि काम गर्ने इच्छा भएको भन्दै आफु मुखले नभई मुटुले बोल्ने मान्छे भएको उल्लेख गरे ।