काठमाडौं-युवा व्यवसायी बसन्त पौडेलको हत्याको विरोधमा आज दोश्रो दिन पनि रुपन्देही बन्द हुँदा जनजीवन प्रभावित बनेको छ ।


ADVERTISEMENT


युवा संघ तथा अनेरास्ववीयु रुपन्देहीले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै बन्द आह्वान गरेको हो । बन्दका कारण पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्ग ठप्प छ । बन्दकर्ताले चोक चोकमा बसेर अवरोध गरेपछि भित्री सडकमा पनि सवारीका साधन चलेका छैनन् ।


ADVERTISEMENT

# # #


बजार पसल तथा औद्योगिक प्रतिष्ठान समेत खुलेका छैनन् । जिल्लामा क्रियाशिल राजनीतिक दल, व्यवसायीक संघसस्था र नागरिक समाजले समेत हत्याको बिरोधमा गरिएको बन्दमा ऐक्यवद्धता जनाएका छन् ।

दोषीलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने भन्दै पौडेलको शव समेत आफन्तले लुम्बिनी अञ्चल अस्पताल बुटवलमै छोडेका छन् । हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म बन्द जारी राख्ने अनेरास्ववीयु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले बताएका छन् ।

व्यवसायी पौडेलको शुक्रबार बिहान करिब सवा ११ बजे देवदह २ ढेकाबारमा आफ्नै फर्निचर उद्योगमा बसिरहेको बेला गोली हानी हत्या भएको थियो ।