काठमाडौं-धनकुटामा हिजो सॉझदेखि खुलेको यातायात आज बिहान ८ बजेदेखि पुन: बन्द गरिएको छ । केही अत्यावश्यकीय समान ढुवानी गर्नका लागि जिल्लामा हिजो साझ यातायात खुलाईएको थियो ।


ADVERTISEMENT


धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले विगत पॉच दिनदेखि आव्हान गरेको आम हड्ताललाई निरन्तरता दिइएको आन्दोलन परिचालन समितिले जनाएको छ ।


ADVERTISEMENT

# # #


लगातारको आम हड्तालका कारण त्यहाको जनजीवन कष्टकर बन्दै गएको छ ।

हिजो साँझ ५ देखि आज बिहान ८ बजेसम्म यातायात खुलाईएको थियो । तर बिहान ८ बजेपछिदेखि पुनस् कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात बन्द रहेको छ ।

हिजो साझ बन्द खुलाईएपछि सडकमा रातभर यातायात चलेका थिए । जिल्लास्थित राजनैतिक दलले समेत आमहड्ताललाई पुर्ण समर्थन र सहयोग गर्ने भन्दै आन्दोलन प्रति ऐक्यवद्धता प्रकट गरेका छन् ।