काठमाडौँ – मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको बैठकले जेष्ठ १७ देखि २० गतेसम्म हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकले प्रधानमन्त्रीसंग भारत भ्रमणमा जाने टोलीको समेत स्वीकृत गरेको उनले बताइन् ।
प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा भौतिक पूर्वाधार, ऊर्जा, परराष्ट्रसहित पाँचमन्त्रीले भाग लिने शर्माले जानकारी दिइन् ।