काठमाडौँ – नेपालको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक भइरहेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गरिरहेका छन् ।
यसअघि बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतिका लागि अर्थमन्त्रीलाई अनुमति दिएका थिए । प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।
यसअघि आजै बसेको मन्त्रिपरिषद्कौ बैठकले बजेट पारित गरेको थियो । अर्थमन्त्री महतले आगामी बजेट मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती र समस्यालाई सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन आगामी बजेट केन्द्रित गरिएको बताए ।
उनले आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्याय काम गर्न लक्षित हुने उनको भनाई छ ।
प्रत्यक्ष हेर्नुहोस् :