काठमाडौँ – सरकारले किसानलाई रसायनिक मलमा अनुदान दिन ३० अर्ब बजेट छ्टयाएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन् ।
उनले रसायनिक मल खरिद प्रक्रियालाई सुधार गरी समयमा नै मल आपूर्ति सुनिश्चित गरिने वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाइने उनले बताए । यस्तै उनले स्वदेशमा नै रसायनिक मल कारखाना सञ्चालनमा लागि डीपीआर तयार गरी सार्वजिनक निजी साझेदारीमा लगानी बोर्डमार्फत काम अघि बढाइने उल्लेख गरे ।