काठमाडौँ – सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


गाँजा खेतीले व्यापार घाटा कम गर्न सकिने भन्दै लामो समयदेखि गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठ्दै आएको थियो ।


ADVERTISEMENT

# # #