काठमाडौँ – सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई दिँदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


साथै उनले विद्यार्थीलाई ‘जङ्क फूड’ दिन नपाइने र स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने उनले बताए । उनले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ४५ करोड बजेट विनियोजन गरेको जनाए ।


ADVERTISEMENT

# # #